६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

तिम्रो प्रीत

गीत

एनवी दाहाल नवीन

 

मेरो गीतको के कुरा  

तिम्रो प्रीतको पनि त के कुरा  

तिमी म नै हराइसकेको बेला

 

तिम्रो रूप आँखाभरि  

नाचिरहन्छ आज।

राखेको छु धेरै माया

जपिरहन्छ तिम्रै नाम  

बिहान अनि साँझ।

 

साथीहरू सबै भन्छन्  

केही हैन तिमी,

राखेको छु धेरै माया

तिमीलाई नै भनी।

 

अटुट छ तिम्रो मेरो  

यो माया,

वर –पीपलझैं शीतल छ

यो माया।

प्रकाशित: २४ असार २०७८ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App