देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई संचारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गरेका हुन् । ज्ञवालीले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत झण्डैं १ दर्जन लघु चलचित्रको निर्देशन गरिसकेका छन् ।
सरकार चाहियो बोलको गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत समेटिएको छ, भने सतिष चापागाईँले यो गीतको शब्द लेखेका हुन् । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसाईलीले गरेका हुन् भने प्रिज्मा रेकर्डिङमा गीत रेकर्ड भएको हो।
मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडियोमा वरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसँगै कलाकार जिवि चिरन लगायतको अभिनय देख्न सकिन्छ । संकल्प भुजेल र अशोक थापाले खिचेको भिडियोलाई राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
‘कोरोना महामारीदे गर्दा मुलुकमा निषेधाज्ञा थियो’, निर्देशक ज्ञवालीले भने, ‘गीत छायांकन गर्न र निर्माण गर्न निकै गाह्रो अवस्था थियो । यद्यपी देशको हालको अवस्थामा यो गीत सार्वजनिक गर्नुको अर्थ राम्रो जाने सोच अनुसार हतार हतारमा भिडियो निर्माण गरेर सार्वजनिक गर्न बाध्य भएका हौं ।’
काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडियोमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ । गीतले लामो समयदेखिको नेपालको अवस्थालाई चित्रण गरेको छ ।
प्रकाशित: २४ असार २०७८ ०६:३१ बिहीबार