२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

गरिव को?

लघुकथा

अचानक सरल बोले, ‘यी गरिवलाई मैले मात्र कति गर्नु?’

सरल शहरमा व्यवसाय गर्थे। कुलायन पुजाका लागि गाउँ आएका थिए। कुलायन मन्दिर बनाउने योजनामा छलफल चल्यो। गाउँका दाजुभाइले पैसा कम हालेकोमा उनले चित्त दुखाए।

तल्लो पाटाबाट ढुङ्गाघरे चिच्याए, ‘बाँदरले मकै लग्यो।’

उसैगरी साइँली चिच्याइन्, ‘चराले बिस्कुन खाला। हेर है छोरा! म पूजाका लागि सेल पकाउँदै छु।’

किसान श्रम गर्थे।  खेतमा पानी हुन्थे। चराचुरुङ्गी पानी पिउँथे। पशुले घाँसपात खान पाउँथे। बाँदरदेखि ससाना जीवजन्तु समेत किसानकै कारण जीवित थिए।

अमरलाई जान्न मन लाग्यो।  उनले सेल टोक्दै सोधे, ‘होइन काका, किसान गरिव नै हुन् त?’

सरल व्यवसाय गर्थे। दुईचार हजार कुलका लागि खर्च गर्ने हुनाले उनमा घमण्डको पारा चढ्यो।

उनी फेरि चिच्याए, ‘कुलका लागि केही  गर्न नसक्ने गरिव नभए को?’  

साधुरामको मन चुप बस्न मानेन। उनलाई थाहा थियो - पैसा कमाउनेहरू प्रभाव या झुट बेचेर अरूको पैसा आफूमा खिच्थे र त पैसा हुन्थ्यो। किसान सधैं मुठी फुकाउँथे  र त सारा जीव जीवित थिए। बोकाको मासु भाग लगाउँदै उनले साेधे, ‘लिने धनी कि दिने धनी काका?’

प्रकाशित: २० जेष्ठ २०८३ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App