८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

नइबाट विजय मल्ल शताब्दी महोत्सवको समापन

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले डा.साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ र नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’नामक जीवनीकृतिको वानीरा सङ्ग्रहालयमा लोकार्पण गरेका छन्। नइ एकेडेमीबाट प्रकाशित ती कृतिबारे प्रा.केशव सुवेदीले समीक्षात्मक मन्तव्य प्रकट गरेका थिए।

नइ एकेडेमीद्वारा आयोजित विजय मल्ल शताब्दी महोत्सव समापन गरिएको छ। विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदानका लागि नेपाल तथा भारतका ४५ जना प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रका कर्मीलाई २०८२ सालमा ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको थियो। साथै नइबाट मल्लको व्यक्तित्व र कृतित्वमाथि चर्चापरिचर्चा पनि गरिएको थियो।

सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको १९८२ सालमा जन्म भई  र २०५६ सालमा निधन भएको थियो।

नइ एकेडेमीका सदस्यसचिव  नरेन्द्रराज प्रसाईकाे अनुसार नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित विजय मल्ल शताब्दी महोत्सव विसर्जन समारोहमा महासमालोचक प्राडा वासुदेव त्रिपाठीले मल्लबारे लामो प्रवचन दिएका थिए। समारोहमा ग्रन्थकार डा.साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईले स्रष्टा विजय मल्लको योगदान र कृतिबारे प्रकाश पारेका थिए।

प्रकाशित: २३ वैशाख २०८३ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App