१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

पूर्वपतिबाट प्रताडित भएको उषा खड्गीको आरोप : सरकारसँग न्याय र सुरक्षा मागिन्

पूर्वमिस नेपाल उषा खड्गीले आफ्ना पूर्वपति जिपी तिमिल्सेनाले आफूलाई निरन्तर मानसिक तनाव दिएको आरोप लगाएकी छन्।

उनले आफ्नो हकअधिकारमा हस्तक्षेप गरेको भन्दै सार्वजनिक रूपमा सामाजिक सञ्जालमा गुनासो पोखेकी हुन्। सन् २०२० मा सम्बन्ध विच्छेद गरेकी उषाले सामाजिक सञ्जालमा एकपछि अर्को पोस्ट लेख्दै अब आफू चुप लागेर नबस्ने चेतावनी दिएकी छिन्।

उषाले पूर्वपतिले आफ्नो जीवनमा अनावश्यक हस्तक्षेप गर्ने, गालीगलौज गर्ने र माइती पक्षबाट आफन्त वा साथीभाइ आउँदा समेत अभद्र व्यवहार गर्ने गरेको बताएकी छिन्। उनले अति भएपछि म बोल्न बाध्य भएको उल्लेख गरेकी छन्। अब प्रशासनको सहयोग लिने समय आएको उनको भनाइ छ। 

उनले अंशबण्डाको विषयलाई लिएर समेत गम्भीर प्रश्न उठाएकी छिन्। अदालतको फैसलाअनुसार आफू बस्दै आएको घरमा चारजनाको समान २५-२५ प्रतिशत हिस्सा रहेको उनको दाबी छ। 

उनका अनुसार घरमा उनी स्वयम्, उनकी छोरी, उनका छोरा र पूर्वपति तिमिल्सेनाको समान हक लाग्छ। तर तिमिल्सेनाले उक्त घर आफ्नो मात्र हो भन्दै मानसिक तनाव दिने गरेको उषाको भनाइ छ।

एकल आमाका रूपमा आफ्ना दुई सन्तानलाई हुर्काउँदै आएकी उषाले आफूलाई असुरक्षित महसुस भएको बताएकी छिन्। उनले नयाँ सरकारसँग आफ्नो हक, अधिकार र सुरक्षाको प्रत्याभूति गराउन माग गरेकी छिन्। उनले प्रश्न गर्दै भनेकी छिन्, ‘यो देशमा नियम-कानून छ कि छैन? मेरो अधिकार सुरक्षित छ कि छैन? सरकारले मलाई मेरो हक र न्याय दिलाउनुपर्छ।’

हेर्नुस् पूर्वपतिमाथि आरोप लगाउँदै उनले लेखेका फेसबुक स्टाटस

 

प्रकाशित: १७ चैत्र २०८२ १४:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App