१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
अपराध

न्युजिल्यान्ड पठाइदिने भन्दै १६ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटी रहेका छन्।  

न्युजिल्यान्ड पठाइदिने बहानामा रु १६ लाख ३० हजार ठगी गरेको अभियोगमा उनलाई मंगलबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्ट जानकारी दिए।

अभियुक्तलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रकाशित: १७ चैत्र २०८२ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App