६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘नई’ काे उन्नाइसौँ त्रिमूर्ति दिवस सम्पन्न

नेपाली साहित्य नारी रत्न माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान भएको बताइन्।

त्रिमूर्ति निकेतनले प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनदेखि विश्व नारी नेपाली साहित्य सम्मेलनसम्म गरेर उल्लेखनीय योगदान गरेको विषयमा उनले चर्चा गरिन्।

उन्नाइसौँ त्रिमूर्ति दिवस समारोहका प्रमुख अतिथि ठकुरीले भनिन्, ‘त्रिमूर्ति निकेतनकै साथमा नइ एकेडेमीले आगामी चैत २७,२८ र २९ गते ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ।’ 

उक्त कार्यक्रममा गाेपाल पराजुलीले कविता वाचन गरेका थिए।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाली साहित्य विकास परिषद् बेलायतका संस्थापक अध्यक्ष सुरेशजङ्ग शाह, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा. केशव सुवेदी तथा बालकृष्ण सम फाउन्डेसनका संयोजक नाट्यभूषण मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपाली साहित्यमा त्रिमूर्तिको योगदानबारे आआफ्नो मन्तव्य प्रकट गरेकाे संस्थाका सचिव नरेन्द्रराज प्रसाईले बताए।

प्रकाशित: २५ माघ २०८२ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App