११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘मुगलान’ फिल्मको ट्रेलर रिलिज

आउँदाे पुस १० गतेबाट प्रदर्शनमा आउन लागेको ‘मुगलान’ फिल्मको ट्रेलर रिलिज भएको छ। निर्माण टिमले युना डिजिटल युटुब च्यानल मार्फत रिलिज गरेको हो।

२ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथा प्रस्तुत गरिएको छ। कथाले २०५२ सालपछिको सरकार र तत्कालीन विद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटेको टिजरमा देख्न सकिन्छ।

मुखियाको रिण तिर्न मुगलान भासिएका प्रभात पाल फर्किएर आउँदा घर रिक्तो देख्छ। घरमा उसका बुबाआमा छैनन्। के भएर उनीहरू छैनन्, कसैले मारे कि या अपहरणमा पारियो भन्ने कुरा भने फिल्म हलमा चलेपछि नै थाहा होला।

ट्रेलरमा फिल्मका मुख्य अभिनेता प्रभात पाल, अभिनेत्री स्मारिका ढकाल प्रेमीप्रेमिका रहेको र बिछोडको कथा पनि ट्रेलरमा देख्न सकिन्छ। प्रभात पाल, स्मारिका ढकालका अलवा टिजरमा रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, खबपु लगायतलाई देख्न सकिन्छ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार श्री शिवांशु, मोती सुवेदी, राजुराज सोनी, रश्मि भट्ट र जीवन गौतमलाई पनि देख्न सकिन्छ।

आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता गोमन सिंह हुन्। फिल्मको कोप्रोड्युसर रिता चौधरी हुन्।

फिल्ममा संगीत किरण भुसालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल र हरि गिरी (विमर्शी) छन्।

गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी) रहेका छन्। फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ। यस फिल्मका ट्रेलर, टिजर तथा गीतलाई युना इन्टरटेन्टमेन्ट युटुब च्यानल मार्फत हेर्न सकिने निर्माण पक्षले जानकारी दिएको छ। 

प्रकाशित: २६ मंसिर २०८२ ११:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App