रियालिटि शो ‘र’(रिभोलुनरी एग्रीकल्चल वार’ को ट्रेलर सार्वजनिक भएको छ। कृषिलाई केन्द्रमा राखेर बनाइएको शोको ट्रेलरको सुरुवात सङ्ख फुकेर गरिएको छ । शोमा अभिनेता राजेश हमाल प्रस्तोता छन् ।
शोको मुख्य उद्देश्य कृषि, उधमशीलता र जलवायु परिवर्तनको विषयमा केन्द्रित हुनेछ ।
मनोरञ्जनात्म ढङ्गले बनाएको यो शोमा किसान र कृषि प्राविधिक गरी दुई प्रतिस्पर्धी रहने छन्।
कार्यक्रममा किसान र कामको महत्व, सम्भावना र चुनौतीबारे जानकारी गराउदै मनोरञ्जन प्रदान गरिनेछ । यो शो दशैं र तिहारको बीचदेखि हिमालय टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुनेछ ।
प्रकाशित: १० आश्विन २०८२ १५:११ शुक्रबार





