३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘मधुपर्क सम्मान-२०८३’ बाट यादव, भाउपन्थी र डा. गीता सम्मानित

‘मधुपर्क सम्मान-२०८३’ बाट वरिष्ठ तीन साहित्यकार सम्मानित भएका छन्। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले वरिष्ठ साहित्यकार यादव खरेल (पद्य), वरिष्ठ कथाकार भाउपन्थी (गद्य) र मधुपर्क प्रतिभाबाट डा. गीता त्रिपाठीलाई नगदसहित सम्मानपत्रले सम्मान अर्पिएका हुन्।

स्रष्टाहरूलाई जनही नगद ५० हजार रुपियाँ र सम्मानपत्रले सम्मान अर्पिएको हाे। उक्त सम्मान गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका मधुपर्कले बर्सेनि प्रदान गर्दै आएको छ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको साहित्य, संस्कृति र सङ्गीत बलियो भए मात्र अन्य पक्ष पनि बलियो हुने बताए।

कार्यक्रममा वरिष्ठ साहित्यकार यादव खरेलले गोरखापत्र संस्थानको साहित्यिक मासिक मधुपर्कको निरन्तरताले साहित्यकारलाई उत्साहित बनाएको बताए।

बजारमा सम्मान र पुरस्कारको विकृति रहे पनि संस्थाको पृष्ठभूमि हेरेर सम्मान लिनुपर्ने अवस्था आएको चर्चा गरेका थिए।

त्यस्तै वरिष्ठ कथाकार भाउपन्थीले साहित्यिक पत्रिकाहरू धरापमा परेकाे बेला भाषा साहित्य जोगाउन पत्रपत्रिका जोगिन आवश्यक रहेको बताए।

वरिष्ठ साहित्यकार तथा अध्यापक डा. गीता त्रिपाठीले मधुपर्क सम्मानले आफूलाई ऊर्जा मिलेको बताइन्।

साहित्यकार रोचक घिमिरेले भाषा साहित्यको संरक्षणमा राज्यको लगानी आवश्यक रहेको बताए।

उक्त अवसरमा गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा मधुपर्कका सम्पादक कपिल घिमिरेलाई पनि सम्मानपत्रमार्फत सम्मान अर्पिएको छ।

मधुपर्कका सम्पादक तुलसीहरि कोइरालाको अध्यक्षतामा भएकाे भएको कार्यक्रममा गोरखापत्र संस्थानका निमित्त प्रमुख उमेशकुमार ओझा, सञ्चालक समितिका सदस्यहरू राकेश गुरुङ, लोकबहादुर चौधरी (लक्की चौधरी), गोरखापत्र दैनिकका प्रधानसम्पादक जुनार बस्नेत, राइजिङ नेपालका नि. प्रधान सम्पादक रमेश लम्साल लगायतकाे सहभागिता थियो।  

प्रकाशित: ३१ जेष्ठ २०८३ ०८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App