नेपाली चलचित्र हलमा राम्रै चर्चासहित चलिरहेका छन् । नेपालमात्र नभइ विदेशमा पनि पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रले राम्रै कमाइ गरिरहेको निर्माताको दावी छ ।
यहीबीचमा तीन चलचित्रले एकैदिन प्रदर्शन मिति तोकेका छन् । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’, लेखन र निर्देशन दुवै रहेको निगम श्रेष्ठको ‘भाईरल गोर्खे’ र अर्को रहेको छ चलचित्रलाई मरिचमान श्रेष्ठले निर्देशन गरेको ‘गोबर गणेश’ यी तीन चलचित्र माघ एक गते अर्थात् माघे संक्रान्तिको दिन एकै साथ सार्वजनिक गरिँदै छ।
शुक्रबारलाई भने दुई चलचित्र प्रदर्शनको तयारीमा छन् । मंसिर २६ गतेदेखि ‘पीआर’ र ‘लोकन्ती’ प्रदर्शनमा आउने छन् ।
प्रकाशित: २४ मंसिर २०८२ १६:३६ बुधबार





