२७ मंसिर २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

शोले’ पुनः प्रदर्शनमा

बलिउड चलचित्र ‘शोले’ पुनः सार्वजनिक भएको छ। आफ्नो ५० वर्ष पुरा गरेको अवसरमा चलचित्र भारतमा पुनः सार्वजनिक हुने भएको छ।

रमेश सिप्पी निर्देशित चलचित्र शोले सन् १९७५ अगस्ट १५ को दिन सार्वजनिक भएको चलचित्र सुपरहिट रह्यो।

‘शोले-द फाइनल कट’ शीर्षकको नामले चलचित्र शुक्रबारदेखि प्रदर्शन भएको छ। यसमा कैयौँ हटाइएको दृश्यहरू फेरी समावेश गरेर प्रदर्शन गरिएको छ, जसकारण पुरानो भन्दा यसको रनटाइम बढेको छ।

भारतमा चलचित्रले एक हजार भन्दा बढी प्रदर्शन शो पाएको छ। शोलेमा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन, सञ्जीव कुमार र अमजद खानजस्ता दिग्गज कलाकारहरूको अभिनय छ। शोले द फाइनल कट संस्करणको मुख्य आकर्षण यसको पुर्नस्थापित अन्त्य हो। जसमा ठाकुर सञ्जीव कुमार’ले गब्बर सिंह ‘अमजद खान’ लाई मार्छन्। पहिले शोले मा पुलिस आइपुगेर सबैलाई रोकेर गब्बरलाई पक्राउ गरिएको थियो।

सन् १९७५ मा संकटकालको समयमा सेन्सर बोर्डको नियम कडा भएका कारण कैयौँ दृश्य हटाइएको थियो।

निर्देशकले तत्कालीन समयमा बाध्यतावश अन्त्य बदल्नु परेको बताएका छन्। कट भएका दृश्य र असली क्लाइमेक्ससहित फिल्म पहिलोपटक थिएटरमा सार्वजनिक  भएको हो।

धर्मेन्द्रको निधन पछि दर्शकले क्लासिक चलचित्रलाई भावनात्मक रूपमा लिएका छन्।

 

प्रकाशित: २६ मंसिर २०८२ १९:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App