६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘नेपालको यथार्थ ‘परान’ मा झल्किएकाे छ’

पूर्व युवराज्ञी हिमानी शाहले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक चलचित्र ‘परान’ हेरेकी छन्। दरबार सिनेप्लेक्समा ‘परान’ हेरेपछि प्रतिक्रिया दिंदै शाहले ‘परान’ मा नेपालको यथार्थ भेटिने बताइन्।

शाहले प्रतिक्रिया दिने क्रममा भनिन्, ‘अहिलेको अवस्थामा नेपालको यर्थार्थ यही हो। नेपालीहरू बिदेश पलायन भइराखेको छ। परान हेर्नेहरूले नेपालको यथार्थ भेट्नुहुनेछ।’

शाह केही आफन्तका साथमा हलमा पुगेकी थिइन्। परान तेस्रो सातामा पुग्दै गर्दा ११ करोडमाथिको ग्रस कलेक्सन गरिसकेको छ। साथै हलमा दर्शकको संख्या अझै उच्च छ।

दिपकप्रसाद आचार्य निर्देशित ‘परान’ मा निर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय छ। रन्जित आचार्य र शेखर गोल्छाकाे लगानीमा चलचित्र बनेकाे हाे।

प्रकाशित: ३ मंसिर २०८२ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App