१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

फूलपातीमा रिलिज हुने चलचित्र बिहान ५ बजेदेखि लाग्ने

दशैंलाई लक्षित गर्दै यसपटक तीन फिल्म रिलिज हुँदैछन् । चलचित्र बलिदान, माइतीघर, ‘हरिबहादुरको जुत्ता’ फूलपातीमा रिलिज गर्ने डेट तोकेर आन्तरिक तयारीमा जुटेका छन् ।  

रिलिज डेट नजिकिँदै गर्दा निर्माण पक्षले प्रचारसँगै हलको शो पनि विभाजन गरेका छन् । फिल्मको टिकट खुला भएको छ । बिहान ५ बजेदेखि नै लागू हुने गरी शो विभाजन गरी टिकट बुकिङ भइरहेको छ ।  

शोमा ४०:३०:३०को अनुपात मिलाइएको छ । सबैभन्दा बढी शो समीर भट्टको चलचित्र ‘बलिदान’ ले पाएको छ।

सन्तोष सेनले निर्देशित चलचित्र ‘बलिदान’ ले विश्वव्यापी १९३ शो पाएको छ। बलिदान पछि बढी शो पाएका चलचित्र ‘माइतीघर’ हो । माइतीघरले १२१ शो पाएको छ।

अझै सबै शोको तालिका सार्वजनिक भएको छैन । तर १२ गते सम्ममा तालिका सार्वजनिक हुनेछ।

हलमा बिहान ५ बजेदेखि मध्यरात ३ बजेसम्मको अन्तिम शो छन् । २४ घण्टामा हलले ३ देखि ५ बजेसम्म लगभग २ घण्टा मात्र बन्द छ।

प्रकाशित: ९ आश्विन २०८२ १५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App