बलिउड अभिनेत्री कृति सेननले हालैको एक अन्तर्वार्तामा आफ्नो अनुभव साझा गर्दै बलिउड महिलाहरूका लागि सबैभन्दा चुनौतीपूर्ण कार्यस्थलमध्ये एक रहेको बताएकी छन्। उनले यो सबै महिलाहरूका लागि अनिवार्य रूपमा सबैभन्दा कठिन ठाउँ हो भन्ने आफ्नो अनुभवका आधारमा यस्तो धारणा व्यक्त गरेकी हुन्।
कृतिका अनुसार उनले मोडलिङ, इन्जिनियरिङ कलेज र फिल्म उद्योगमा काम गरेकी छन्, र यीमध्ये बलिउडमा सबैभन्दा धेरै चुनौतीहरूको सामना बेहोरेको उनको अनुभव छ। उद्योगमा प्राय पुरुष कलाकारसँग साहायक निर्देशक काम वा केही आदेश दिन हिचकिचाउँछन्, जबकि महिला कलाकारहरूलाई प्रायः हल्का रूपमा लिइन्छ।
करियरको सुरुआती समयमा धेरैजसो फिल्महरू पुरुष मुख्य पात्र केन्द्रित हुने र महिला पात्रहरूलाई प्रायः प्रेमिका वा कमनोर पात्रमा मात्र सीमित गरिने उनको भनाइ छ। उनी थप्छिन्,–अहिले भने महिला पात्रहरूका लागि राम्रो र सशक्त भूमिका लेखिन थालेकाले उद्योगमा केही सकारात्मक परिवर्तन आएको छ।
यद्यपि, लिङ्गका आधारमा हुने विभेद अझै पनि विभिन्न रूपमा कायम रहेको उनले बताइन्। उनका अनुसार यदि कुनै अभिनेत्रीले आफ्नो पात्र वा दृश्यबारे प्रश्न उठाउँछिन् भने उनलाई प्रायः नराम्रो तरिकाले हेरिन्छ, जबकि पुरुष कलाकारप्रति त्यस्तो धारणा कम देखिन्छ।
प्रकाशित: २० असार २०८३ १८:०२ शनिबार





