१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

'गीता मन्थन' र 'ओदान' लोकार्पण

साहित्यकार विश्वराज अधिकारीको 'गीता मन्थन' र विश्वराज अधिकारी, डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलको संयुक्त लघुकथासङ्ग्रह 'ओदान' को लोकार्पण भएकाे छ।

सर्वनाम थिएटरमा भएकाे कार्यक्रममा प्रमुख अतिथि अशेष मल्ल, श्रीओम श्रेष्ठ राेदन, डा. दीनबन्धु शर्मा, डा. मुकेश चालिसे, ममता मृदुल, डा.हिमलाल श्रेष्ठ, विश्वविमाेहन श्रेष्ठ लगायतले कृतिकाे लाेकार्पण गरेका थिए।

साहित्यकार ममता मृदुलले स्रष्टा विश्वराज अधिकारीको व्यक्तित्व र कृतित्त्वबारे बोलेकी थिइन्। त्यस्तै गरी डा. दीनबन्धु शर्माले गीता मन्थनबारे र डा. हिमलाल श्रेष्ठले ओदानको समीक्षात्मक टिप्पणी गरेका थिए।

उक्त कार्यक्रममा श्रीओम श्रेष्ठ राेदन, मुकेश चालिसे, विश्वविमोहन श्रेष्ठ र प्रमुख अतिथि अशेष मल्लले समग्र विषयमा बोल्दै स्रष्टालाई शुभकामना दिएका थिए।

स्रष्टा कुमार काफ्लेको अनुसार उक्त कार्यक्रममा मलंगवा नगरपालिका, सर्लाहीले साहित्यकार विश्वराज अधिकारीलाई बव्जिका भाषा सम्मान-२०८१ पनि अर्पिएको थियो।

स्रष्टा विमुन्स पौडेलले चलाएकाे उक्त कार्यक्रममा एन्जल निलु, मन्दिरा मधुश्री, ध्रुवराज थापा पुरूष, दिव्य गिरी, ललिता दोषी, विनोद नेपाल, सत्या अधिकारी, शान्ता तिम्सिना, निर्मला बराल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ३२ असार २०८२ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App