१८ श्रावण २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

कवि तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण

कवि तारा सुवेदीको कवितासङ्ग्रह ‘अनुभूतिका महक’ को लोकार्पण भएको छ।

राजधानीमा आइतबार नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा कृष्णप्रसाद दाहाल, प्राडा लक्ष्मणप्रसाद गौतम,पवन आलोक, कवि सुवेदी लगायतले उक्त कवितासङ्ग्रह लोकार्पण गरे।

कार्यक्रममा प्रमुख अतिथि अग्रज कवि एवं साहित्यकार शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजमा रहँदाका पुराना दिनहरू स्मरण गर्दै सुवेदीलाई मिलनसार,सक्रिय र लगनशील व्यक्तित्वको रूपमा आफूले पाएको बताए।

लोकार्पित पुस्तकमाथि प्राडा कृष्णप्रसाद दाहालले चर्चा गर्दै क्षमता राख्ने कविको रुपमा सुवेदीलाई पाएको बताए। उनले करिब डेढ दशकदेखि कवितामा सक्रिय सुवेदीको कृति पहिलो जस्तो नलाग्ने भन्दै कविताले पाठकको मन जित्ने धारणा राखे।

कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ, प्राडा लक्ष्मणप्रसाद गौतम,पवन आलोक, विवश पोखरेल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,विधान आचार्य,चन्द्रप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखे। कवि सुवेदीले आफ्ना अनुभूतिहरू सार्वजनिक गरिन्।

उक्त कार्यक्रममा लोकार्पित कृतिका कविताहरू विधान आचार्य,राधेश्याम लेकाली,मणि लोहनी,प्रकाश घायल,रञ्जना निरौला र खुशी अधिकारीले बाचन गरे।

श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रदीप सापकोटाले  गरे। डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य राखिन्।

प्रकाशित: १८ श्रावण २०८३ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App