चलचित्र ‘हरिबहादुरको जुत्ताको गीत ‘सुन्तलीमाई तिमी नाँच पुतली झै’ आज सार्वजनिक भएको छ। करिब पाँच मिनेटको गीतमा अभिनेता प्रकाश सपुत गम्भीर भावमा देखिएका छन्।
दशैंको फूलपाती तोकेर बनाइएको चलचित्र तीन मध्येका एक ‘हरिबहादुरको जुत्ता’ को गीत आज चार बजे सार्वजनिक भएको हो । यो चलचित्रलाई दर्शकले प्रतिक्षा गरेका छन् । दर्शकको प्रतिक्षा युट्युबमा सार्वजनिक भएको ट्रेलर हो । जुन पाँच दिनमै करिब ९ लाखले हेरिसकेका छन्।
बिहीबार भएको प्रेस भेटघाटमा निमार्ण पक्षले चलचित्र किन हेर्नु पर्ने भन्ने विषयका चर्चा गरे। चलचित्र नेपालमा भएको जेन-जी प्रदर्शनको विषयवस्तुसँग मिल्दो जुल्दो रहेकोले अहिलेको अवस्थालाई पर्दामा हेर्न मिल्ने दावी निर्माण पक्षले गरेको छ ।
जेन-जी आन्दोलनमा एउटा जुत्ता आन्दोलनको प्रतीक बनेका थियो । संयोग बस चलचित्र ‘हरिबहादुरको जुत्ता’ लाई त्यही जुत्ताको प्रतीकका रुपमा लिइएको छ ।
भ्रष्टाचारसँगै चलचित्रले नेपालमा हुने नातावादको विषयलाई जोडले उठाएको छ । हास्य कलाकार हरिवंश आर्चाय, स्वास्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्कीलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई दर्शकले माया गर्ने विश्वास निर्माण पक्षले लिएको छ ।
प्रकाशित: १० आश्विन २०८२ १७:११ शुक्रबार





