१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

मदन पुरस्कारका लागि श्रेष्ठ सूची सार्वजनिक

२०८१ सालको मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरिएको छ। मदन पुरस्कार गुठीले मंगलबार छनोटमा परेका पुस्तकहरूबारे जानकारी गराएको हो।

सूचीमा परेका पुस्तकहरूमा उरमाल (छुदेन काविमो), छालबाटो : कैलाशदेखि गङ्गासम्म (रमेश भुसाल), दर्ज्यु संलाप (कुमारी लामा), पञ्‍चतत्त्वको पालाम (मनप्रसाद सुब्बा) र बहुरुपी (श्रेयज सुवेदी) छन्। यस्तै सुधिर शर्माको भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत) तथा तीर्थ गुरुङको हिउँको गीत पनि यो वर्ष मदन पुरस्काको सूचीमा परेका छन्।

२०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले विसं २०१३ देखि उत्कृष्ट पुस्तकलाई पुरस्कार दिन सुरु गरेको हो।  

विसं २०७२ देखि भने मदन पुरस्कार गुठीले प्राप्त पुस्तकहरू मध्येबाट बढीमा १० वटा कृति छनोट गरी श्रेष्ठ सूची सार्वजनिक गर्दै आएको छ। पुरस्कारको राशी २०७५ सालदेखि ४ लाख रुपैयाँ रहेको छ।

प्रकाशित: ६ श्रावण २०८२ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App