२३ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘मालति मंगले’को सुटिङ शनिबारदेखि

गायक रामकृश्ण ढकालले निर्माण गर्न लागेको ‘मालती मंगले’ को शुभमुहुर्त गरिएको छ ।  

बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेव मन्दिरमा पहिलो क्ल्याप गरिएको हो । विजय बराल र वर्षा राउतले मुहुर्त सर्ट दिइएको चलचित्रमा नेपालीलाई समाजसँग जोड्ने भावनात्मक कथा पस्कने बताए । राम्रो र स्तरीय चलचित्र निर्माणको प्रयास गरेको उनको भनाइ थियो ।  

चलचित्रमा विजय र वर्षासँगै सुवर्ण थापा, प्रकाश घिमीरे, सुस्मा निरौला, सुनिता तामाङ, मेक्सम गौडेल, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायतको अभिनय रहनेछ ।  

चलचित्रको छायाङ्कन तनहुँ र स्याङ्जामा गरिनेछ । छायाङ्कन शनिबारदेखि सुरु हुने निर्माण पक्षको भनाइ छ । 

प्रकाशित: १२ भाद्र २०८२ १८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App