नागरिककर्मी वरिष्ठ काटुर्निष्ट राविन सायमी सम्मानित भएका छन ।
नेपाल कार्टुनिष्ट क्लबको आयोजनामा सोमबार एक कार्यक्रमबीच वरिष्ठ कार्टुनिष्ट सायमीलाई सम्मान गरिएको हो । उनीसँगै सम्मानित हुनेमा वरिष्ठ कार्टुनिष्ट अशोकमान सिंह, जीवन राजोपाध्याय, राजेश केसी र अविन श्रेष्ठ पनि छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हात्र्मछालीले काटुर्निष्टहरूलाई सम्मान गरेका थिए ।
नेपाल कार्टुनिष्ट क्लबले कार्टुनिष्ट बलराम थापाको स्मृतिमा स्थापना गरिएको ‘बराथा स्मृति सम्मान’बाट विगत एक दशकदेखि वरिष्ठ कार्टुनिष्टहरूलाई सम्मान गरिँदै आएको छ । यसअघि सात जनालाई सम्मानित गरिसकिएको थियो। कार्टुनिष्ट क्लबले यो पटक पाँचजना वरिष्ठ कार्टुनिष्टहरूलाई सम्मान गरेको हो ।
प्रकाशित: २६ श्रावण २०८२ २०:४७ सोमबार





