सभामुख डोलप्रसाद (डीपी) अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर सभामुख अर्यालले उपराष्ट्रपति यादवसँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिक विषय, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संसदको प्रभावकारी सञ्चालनलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रकाशित: ११ जेष्ठ २०८३ ११:३० सोमबार





