११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेनन् : सभामुख अर्याल

सभामुख डोलप्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम नगरेको बताएका छन्।

नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताएका हुन्। उनले विगतका सरकारहरूले जनताको पक्षमा प्रभावकारी काम गरेको भए राजधानीमै आज पनि आधारभूत आवश्यकता पूर्तिका विषयमा बहस गर्नुपर्ने अवस्था नआउने उल्लेख गरे।

उनले पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भनाइ राखे।

सभामुख अर्यालले नयाँ सरकार र ताजा जनादेशसहित आएका जनप्रतिनिधिहरूबाट अब यस्ता प्रवृत्ति नदोहोरिने विश्वास व्यक्त गर्दै जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न आग्रह गरे।

प्रकाशित: ११ जेष्ठ २०८३ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App