२२ मंसिर २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘पठन-संस्कृतिको विकासमा सामाजिक दायित्व’ विषयक गोष्ठी सम्पन्न

नेपाल लाइब्रेरी फाउन्डेसन, नेपालकाे सहकार्यमा  नेपाल प्रज्ञाप्रतिष्ठानले “पठन संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार-गोष्ठी गरेकाे छ।

पुस्तकालय मार्फत राष्ट्रिय भाषा, संस्कृति तथा साहित्यको संरक्षण-सम्बर्द्धन गर्दै पुस्तक तथा सूचना पहुँच सहज र समावेशी बनाउने, पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउने र पुस्तकालयलाई सामुदायिक जीवन्त ज्ञान-केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यले कार्यकम गरेकाे हाे।

उक्त कार्यक्रममा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन” स्मारिका-२०८२ को लोकार्पण भएकाे छ।

प्रतिष्ठानको देवकोटा कक्षमा भएकाे कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्घाटन र स्मारिकाको लोकार्पण गरेका थिए। कुलपति राईले पठन संस्कृति प्रवर्द्धनमा पुस्तकालयको भूमिकाबारे सारगर्भित मन्तव्य प्रस्तुत गरेका थिए।

उक्त अवसरमा नेपाल लाइब्रेरी फाउन्डेसनका कार्यकारी निर्देशक यज्ञराज भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए। समालाेचक डा. शेखरकुमार श्रेष्ठले उक्त कार्यपत्रमाथि सटिक र विश्लेषणात्मक टिप्पणी प्रस्तुत गरेका थिए।

कार्यक्रमका सहभागी विभिन्न प्राज्ञ, लेखक, पुस्तकालयकर्मी, शिक्षक, विद्यार्थी तथा जिज्ञासुहरूले प्रस्तुत कार्यपत्रका विषयमा आफ्ना विचार र प्रश्नहरू व्यक्त गरेका थिए।

नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिवद्वारा प्रारम्भ भई सचिव शेखर अर्यालले सञ्चालन गरेकाे कार्यक्रममा नेपाल लाइब्रेरी एशोसिएसनका अध्यक्ष पुष्पराज सुवेदीले “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन स्मारिका–२०८२” काे समीक्षात्मक टिप्पणी गरेका थिए।

प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र साहित्येतिहास) विभागीय प्रमुख डा. मधुसूदन गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विभिन्न विधागत प्राज्ञ, लेखक, साहित्यकार, पुस्तकालयकर्मी, संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी र पाठकहरूको उल्लेख्य उपस्थित रहेको थियो।

कार्यक्रममा नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष डा. छायादत्त न्यौपानेले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए। नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले विशेष धन्यवाद मन्तव्य दिएका थिए।

प्रकाशित: २४ कार्तिक २०८२ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App