१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

प्रज्ञाप्रतिष्ठानकाे डबलीमा ‘नीलो प्रेम’

‘नीलो प्रेम’ प्रेमाेत्सव उपन्यासका उपन्यासकार पुरुषोत्तम बजगाईसँग दीपक सापकाेटाकाे किताब संवाद तथा लेखक-पाठक भेटघाट कार्यक्रम भएकाे छ।

नेपाल प्रज्ञाप्रतिष्ठानकाे डबलीमा आयाेजित कार्यक्रममा लेखक तथा पत्रकार दीपक सापकोटाले ‘नीलो प्रेम’ काे उपन्यासकार बजगाईसँग संवाद गरेका हुन्।

कार्यक्रममा सापकाेटाले ‘नीलो प्रेम’ उपन्यासकाे चर्चा गर्दै नीलो प्रेमको अर्थ, युवाहरूको प्रेम सम्बन्ध, उनीहरूकाे समाजप्रति दृष्टिकोण, जेन–जी पुस्ताको उपन्यासप्रतिकाे आकर्षण जस्ता विषयमा विमर्श भएकाे थियाे।

कार्यक्रममा सापकाेटाले उपन्यासकारसँग किशोर छिमलकाे प्रेमप्रणय र जीवनकाे उतारचढावकाे विषय राखेका थिए।

उपन्यासकार बजगाईंले उपन्यासमा युवाको मनोविज्ञान, प्रेम, मित्रता, परिवार, आत्मपहिचान जस्ता विषय समेट्ने प्रयास गरेको बताए।

उपन्यासकार बजगाईंले कथाको विषयवस्तु नीलो आकाशझैं विशाल प्रेमको कथा भएकाे पनि बताए।

परिचर्चाकार सापकोटाले ‘नीलो प्रेम’ उपन्यासलाई दृष्यमा पनि देख्न पाइन्छ भन्ने साेधाइमा उपन्यासकार बजगाईंले उपन्यासलाई चलचित्र र नाट्य रूपान्तरण नगरी किताबकै रूपमा राख्ने चाहना भएको बताए।

प्रेमकथामा आधारित भए पनि सामाजिक, सांस्कृतिक र आर्थिक पक्ष सान्दर्भिक रूपमा उपन्यासमा प्रस्तुत भएकाे छ। सबै उमेर समूहका लागि पठनीय भएकाे उक्त उपन्यास इन्डिगो इन्क प्रालिले बजारमा ल्याएको हाे। ‘नीलो प्रेम’ कृतिको मूल्य ७९९ रुपैयाँ रहेकाे छ। 

प्रकाशित: १५ मंसिर २०८२ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App