६ माघ २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

जन्मदिनमा वर्षालाई सञ्जोगको ‘काव्यात्मक’ शुभकामना

समय समयमा अभिनेत्री वर्षा राउत र सञ्जोग कोइरालाको वैवाहिक जीवनमा दरार आएको भनेर चर्चा हुन्छ। तर दुवैले खण्डन गर्दै आएका छन्। 

अहिले कोइरालाले श्रीमती वर्षालाई दिएको जन्मदिनको शुभकामना चर्चामा छ। कवितामार्फत उनले वर्षाका दुई तस्बिर साझा गर्दै शुभकामना दिएका हुन्। 

हेर्नुस् उनको कविता

हाँसो, खुशी अनि उज्यालो भाग्य,

सफलता सधैं तिम्रो साथ रहोस्,

जीवन फूल झैँ फुलिरहोस्,

तिम्रो हरेक दिन खास रहोस्।

आकाशका तारा झैँ चम्कियोस् तिम्रो नाम,

पूरा होस् आँटेको तिम्रो हरेक काम।

दुःखको बादल कहिल्यै नछाओस्,

ओठमा सधैं मिठो मुस्कान छाइरहोस्।

जीवनको गोरेटोमा कहिल्यै ठेस नलागोस्,

उदासीको छायाले तिमीलाई नछोओस्।

जहाँ जान्छौ तिमी, त्यहाँ खुसी नै खुसी होस्,

आजको दिनको मात्र होइन, हर दिनको शुभकामना होस्।

Happy Happy Birthday dear Wifey !!

प्रकाशित: २८ मंसिर २०८२ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App