३० पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

स्रष्टाद्वय सुलाेचना मानन्धर र विजयरत्न असंवरे पुरस्कृत

'नेपाल साहित्य मन्दिर' भक्तपुरले यस वर्षको "जरिम‌ैयाँ साख: लुमन्ति सिरपा (स्मृति पुरस्कार)" नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवं वरिष्ठ साहित्यकार सुलाेचना मानन्धर र वरिष्ठ सिनेकर्मी तथा साहित्यकार विजयरत्न असंवरेलाई 'कुमार साख: हपा: सिरपा' पुरस्कार समर्पण गरेकाे छ।

नेपाली भाषा र साहित्यको उन्नयनमा क्रियाशील साहित्यिक संस्था १५ वर्षदेखि विभिन्न साहित्यिक गतिविधि, पुरस्कार र सम्मान समर्पण गर्दै आइरहेकाे हो।

प्रमुख अतिथि नेपाल साहित्य मन्दिरका संस्थापक एवं वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थले उक्त पुरस्कार समर्पण गर्दै जरिमैयाँ साख: स्मृति पुरस्कार र कुमार साख: प्राेत्साहन पुरस्कारकाे स्थापना र औचित्यकाे प्रकाश पारेका थिए। उनले नेपाल भाषाको साहित्य सिर्जनाका साथ‌ै नयाँनयाँ साहित्यकारहरू जन्माउन यस पुरस्कारले विशेष योगदान दिएको बताए।

नेपाल साहित्य मन्दिरका अध्यक्ष,नेपाल प्रज्ञाप्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य तथा मातृभाषा कोष तथा व्याकरण विभाग प्रमुख त्रैलाेक्यमान बनेपाली 'अगिव'ले नेपाल भाषा र साहित्यको विकासमा संस्थाले पुर्‍याएको योगदान भविष्यका लागि पनि मार्गदर्शन हुने बताए। नेपालभाषा र साहित्यको विकासमा निरन्तर लागिपरिरहने बताउँदै उनले मातृभाषा प्रत्येक समुदायको पुँजी र राष्ट्रको सम्पदा भएको हुँदा सबै जना एकजुट भएर लाग्नुपर्ने बताए।

बनेपालीले जरिमैंया र कुमार साखः पुरस्कारकाे व्यवस्थापन, नयाँ कवयित्रीहरूकाे उदाउँदाे अवस्थाले यी स्रष्टाहरू जरिमैँया पुरस्कारका हकदार रहने विचार व्यक्त गरे। स्वास्थ्यसेवी कुमार साखः धनले हाेइन मनले ठुला भएकाले याे पुरस्कारकाे गरिमा बढेकाे चर्चा गर्दै उनले साखः परिवारलाई धन्यवाद प्रकट गरेका थिए।

जरिमैयाँ साख: स्मृति पुरस्कार वरिष्ठ साहित्यकार सुलोचना मानन्धर र वरिष्ठ सिनेकर्मी तथा साहित्यकार विजयरत्न असंवरेलाई  'कुमार साख: हपा: सिरपा' पुरस्कारद्वारा  पुरस्कृत गर्न पाएकामा उनले आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन्।

भक्तपुरस्थित सिद्धपाेखरी पार्टी प्यालेस दुधपाटीमा भएकाे कार्यक्रममा सम्मानित व्यक्तित्वहरू मानन्धर र असंवरे,अतिथिद्वय नेपालभाषा एकेडेमीका सचिव महेन्द्रगाेपाल कर्माचार्य र समाजसेवी कृष्णलाल प्रधानले मन्तव्य व्यक्त गरेका थिए।

प्राज्ञ चेतनाथ धमलाका अनुसार कार्यक्रममा कविहरू प्रतिसरा सायमी, सुलाेचना सैँजु, हिसिलिना शाक्य, रेजिना नक:मि मानन्धर, विनिता शाक्य, विना नेमकुल, मञ्जु श्रेष्ठ, दिव्या बज्राचार्य, विमला मानन्धर, मिलन शाक्य, पूर्णिमा शाक्य, रिता महर्जन र मिमिला शर्माले कविता वाचन र गुहेश्वरी शाक्यले स्वागत गीत गाएका थिए।

नेपाल साहित्य मन्दिरका सचिव हरिशरण शर्मा राजाेपाध्यायले प्रस्तुतीकरण, संस्थाका सदस्य रामनारायण प्रजापतिले स्वागत तथा सदस्य उत्तमनारायण मल्लले कृतज्ञता ज्ञापन गरेका थिए।  

प्रकाशित: ११ श्रावण २०८२ १०:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App