२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

धार्मिक भावनामा चोट पुगेको भन्दै रणवीरले मागे माफी

बलिउड अभिनेता रणवीर सिंह एक फिल्म महोत्सवमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन्। हिन्दू जनजागृति समितिले उनीमाथि धार्मिक भावनामा चोट पुगेको भन्दै उजुरी दर्ता गरेपछि अभिनेता सार्वजनिक रूपमा माफी माग्न बाध्य बनेका हुन्।

उनीमाथि चलचित्र ‘कान्तारा’ मा देखाइएका चामुण्डी देवीलाई ‘भूत’ भनेर सम्बोधन गरेको र देवीको मिमिक्रि गरेको आरोप लगाइएको हो। तुलु समुदायले पूजाः मान्ने पवित्र कुलदेवीको अपमान गरिएको भन्दै समितिले कठोर आपत्ति जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उजुरी दर्ता भएपछि रणवीरले इन्स्टाग्राम स्टोरीमार्फत माफी माग्दै भने, ‘मेरो उद्देश्य ‘कान्तारा’ मा ऋषभ शेट्टीको उत्कृष्ट अभिनयलाई उजागर गर्नु मात्रै थियो। एक कलाकारका रूपमा त्यो गहिरो प्रसंग प्रस्तुत गर्न उनले गरेको मेहनतप्रति म पूर्ण सम्मान गर्छु। मैले सधैं हाम्रो देशका सबै संस्कृति, परम्परा र आस्थाको आदर गर्दै आएको छु। यदि मेरो भनाइ वा अभिव्यक्तिले कसैको भावना आहत भएको छ भने, म हार्दिक माफी चाहन्छु।’

समितिले उजुरी दर्ता गर्दै अभिनेता सार्वजनिक रूपमा माफी माग्नुपर्ने र भविष्यमा यस्ता संवेदनशील विषयमा खिल्ली उडाउने कार्य दोहोरिन नहुने आश्वासन दिनुपर्ने माग राखेको थियो।

यससँगै एचजेएसले अन्तर्राष्ट्रिय फिल्म महोत्सवका आयोजकहरूलाई आगामी दिनमा कुनै पनि देवता, आध्यात्मिक परम्परा वा धार्मिक आस्थाको अवमूल्यन हुने खालका प्रस्तुति र क्रियाकलाप रोक्न आचारसंहिता तयार पार्न पनि आग्रह गरेको छ।

 

 

प्रकाशित: १६ मंसिर २०८२ १७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App