१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

राघव प्रेम सम्बन्धमा कि फिल्मको प्रचार ?

बलिउड अभिनेता राघव जुयाल र चर्चित युट्युबर निहारिका एनएमले सोमबार सामाजिक सञ्जालमा सँगैका केही आत्मीय तस्बिरहरू सार्वजनिक गरेपछि उनीहरूको सम्बन्धबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।

राघवले इन्स्टाग्राममा निहारिकासँगका दुई तस्बिर साझा गरेका छन्। एउटामा उनी निहारिकालाई पछाडिबाट अँगालो हाल्दै मुस्कुराइरहेका देखिन्छन् भने अर्कोमा दुवै रमाइलो मुद्रामा देखिएका छन्। उनले क्याप्सनमा कुनै शब्द नलेखी केवल रातो मुटु र तारा इमोजी मात्र प्रयोग गरेका छन्।

यी तस्बिर सार्वजनिक भएपछि प्रशंसकहरूले उनीहरू प्रेम सम्बन्धमा रहेको अनुमान गरेका छन्। पोस्टमा शहनाज गिल, रफ्तार र आशीष चंचलानीलगायत चर्चित व्यक्तिहरूले पनि प्रतिक्रिया जनाएका छन्।

यद्यपि, राघव वा निहारिका मध्ये कसैले उक्त विषयमा आधिकारिक कुनै प्रतिक्रिया दिएका छैनन्। केही प्रशंसकले यो उनीहरूको सम्बन्ध सार्वजनिक गर्ने संकेत भएको बताएका छन् भने अरूले यसलाई आगामी फिल्मको प्रचार अभियान हुन सक्ने अनुमान गरेका छन्।

राघव र निहारिका चाँडै निर्देशक विवेक बी अग्रवालको आगामी फिल्म ‘भाइ तेरा स्टार है’ मा पहिलो पटक सँगै देखिने भएका छन्। यस फिल्ममा संजय कपूर र बरखा सिंहको पनि मुख्य भूमिका रहेको छ।

प्रकाशित: १६ असार २०८३ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App