क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको चलचित्र ‘मास्टर्नी’को प्रमोसनल गीत (मास्टर्नी) सार्वजनिक गरिएको छ। मंगलबार ललितपुर स्थित लाबिम मलमा आयोजित कार्यक्रमबिच गीत सार्वजनिक गरिएको हो।
उक्त गीतमा गायक तथा मोडल दुर्गेश थापाले प्रियंका कार्कीलाई उपहार स्वरुप तयार पारिदिएका हुन्।
कार्कीले पहिलो पटक चलचित्र निर्माण गरेका कारण साथीका लागि आफ्नो तर्फबाट सहयोग स्वरुप गीत तयार पारेको दुर्गेशले बताएका छन्। कार्कीले आफ्ना लागि दुर्गेशको उपहार अमुल्य रहेको बताएकी छिन्।
गीतमा दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको छ भने उनलाई गायनमा बबिना किरातीले साथ दिएकी छन् । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा दुर्गेशसहित प्रियंका, आयुष्मान देशराज जोशी र आर्यन सिग्देल प्रस्तुत छन्।
हालै प्रदर्शनमा आएको चलचित्र ’आइ एम जीतबहादुर’ का निर्देशक शुभेन्द्र घोष उक्त चलचित्रमा पनि निर्देशन रहेको छ।
चलचित्रमा प्रियंका कार्की, सरोज खनाल, गौरी मल्ल, आर्यन सिग्देल, प्रमोद अग्रहरी, सिम्रन खड्का, विशाल पहारी,अनुप विक्रम शाहीलगायतका कलाकारहरुको अभिनय रहेको छ।
चलचित्रलाई प्रियंका, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले निर्माण गरेका हुन्। चलचित्रको कार्यकारी निर्माता सिमोस सुनुवार र सुरक्षा सिंह मलहोत्रा रहेकी छिन्।
प्रकाशित: ३१ असार २०८३ १२:०० बुधबार





