९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

प्रेमानन्द महाराजलाई मिर्गौलाको समस्या: स्वास्थ्यलाभको कामना गर्दै समर्थक

जीवन, दर्शन, आस्था र जीवन विज्ञानका विषयमा प्रवचन दिएर धेरै अनुयायी बटुलेका प्रेमानन्द जी महाराजको स्वास्थ्यमा समस्या आएको छ । मिर्गौलाको समस्या भोगिरहेका महाराज अधिक स्वास्थ्य समस्या भएपछि अस्पताल नै भर्ना हुनुपरेको थियो । अहिले स्वास्थ्यमा केही सुधार आएपछि आश्रममै बसेर आराम गरिरहेका छन् ।

मिर्गौलाको समस्या झेलिरहेका उनी बेलाबेला स्वास्थ्य समस्या आउँदा अस्पताल भर्ना हुने गरेका छन् । विगत १८ वर्षदेखि नै महाराज मिर्गौलाको समस्याबाट ग्रसित छन् ।  

प्रेमानन्द जी महाराज युवादेखि वृद्धवृद्धासम्मको मानसपटलमा छन् । उनले मानिसलाई एक्लोपनबाट टाढा हुने उपाय आफ्नो प्रवचनबाट दिने गरेका छन् । उनले आफ्ना प्रवचनमार्फत नै मानिसलाई एक्लोपनबाट टाढा हुन, दुःखकष्टबाट बाहिर निक्सन सिकाए । त्यसका लागि भगवानप्रति आस्था राख्न र मानसिक स्वास्थ्यलाई मजबुद बनाउन सिकाउने गरेका छन् ।  

पछिल्लो समय विश्व नै एक्लोपन, मानसिक तनावमा अल्झिरहेकाले उनले दिएका ज्ञानले धेरैको जीवन सहज भएको छ । जसले उनका अनुयायी पनि सोही अनुपातमा बढेका छन् ।  

भारतमा जन्मिएका अनिरुध कुमार पाण्डे समयक्रमसँगं जीवन विज्ञान र आध्यात्मविज्ञानको ज्ञाता बने । अनि आफूलाई प्रेमानन्द महाराजबाट प्रस्तुत गर्न थाले यही नाम अहिले विश्वमा चर्चामा छ ।  

अनिरुद्ध सन् १९६९ मा उत्तर प्रदेशमा जन्मिएका हुन् । साधारण ब्राह्मण परिवारमा जन्मिएका उनी परिवारसँगै धार्मिक वातारणमा हुर्किए । बुबा शम्भुनाथ पाण्डे, आमा रमादेवी धार्मिक प्रवृत्तिका भएकाले धर्मकर्म, अध्यात्मविज्ञानप्रतिको रुची सानैदेखि उनका जाग्यो । पाँच वर्षकै उमेरमा रामायण गीताको कथा र प्रवचन सुन्ने उनी असाधारण क्षमताका मानिन्थे । जिज्ञासु, अभावको सामना कसरी गर्ने भन्ने चिन्ता गरिरहेने उनले १३ वर्षको उमेरमै आमाबुवा नरहँदा मेरो को हुन्छ भन्ने प्रश्न आफैँलाई गर्थ्ये । यही प्रश्नले उनलाई भावनात्मक विकास गर्दै भगवानप्रतिको मोह बढाएको थियो ।  

नौ कक्षा उत्तिर्ण गरेका बेला नै अनिरुद्धले आमालाई आश्चर्य बनाउने प्रश्नलाई गर्थे । आमालाई एक दिन यो घर त्यागेर भगवानको खोजमा जान मन लाग्छ भनेपछि उनले भजन, किर्तनको प्रभावले ठानेकि थिइन ।  तर अनिरुद्ध आफ्नो लक्ष्यप्रति अटल थिए एक रात उनको मनमा यस्तो प्रभाव पर्यो उनले निर्णय गरे अब भगवानको खोजमा जानुपर्छ। कसैलाई नभनी आफूसँग धनको कुनै योजना नभई उनी घरबाट निस्किए ।  

उनको भगवानको खोज र त्यागको यात्रा बनारसको गङ्गाघाटबाट सुरुवात गरे । उनले कतिपय प्रवचनमा यी कुरा उल्लेख गरेका छन् । त्यहाँ कैयौँ दिनसम्म भोक्कै ध्यान गरेको प्रसंग उनले सुनाएका छन् ।  

बनारसमा रहँदा उनलाई एक दिन वृन्दावन जाने विचार आएपछि उनी वृन्दावन पुगे। त्यहाँ पुगेर राधा बल्लभ सम्प्रदायसँग भेट भयो। जसले राधालाई सर्वोच्च मान्थे। यो सम्प्रदायको मुख्य श्रीमोहित गोस्वामीद्वारा अनिरुद्धले दीक्षा मन्त्र पाए। एउटा भगवानको खोजमा हिँडेको बालकले पहिलोपटक औपचारिक आध्यात्मिक बाटोमा पहिल्याएका थिए ।  

राधारानीको प्रेम रसमा रमाएका अनिरुद्ध गुरु श्री गोस्वामी महाराजको १० वर्षसम्मको सेवाले उनलाई धैर्य र समर्पणको पाठ सिकायो।  

अनिरुद्धबाट प्रेमानन्द महाराजको यात्रा

वृन्दावनमा अनिरुद्धले  संतसंघमा गीता, भगवतको प्रवचन गर्न थाले मानिसले प्रवचन सुनेपछि अनिरुद्धलाइ महाराज प्रेमानन्दको उपाधि दिए। सन् २०२० पछि प्रेमानन्दका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो विश्वभरिकै जुनसुकै उमेरसम्मका मान्छेहरूले मन पराउन थाले । उनको प्रवचन सुन्न कलाकारदेखि खेलाडीसम्म उनको आश्रम पुग्ने गरेका छन् । क्रिकेटर विराट कोहलीदेखि अभिनेत्री अनुष्का शर्मा,  हेमा मालिनी, युट्युबर रणवीर इलाहावादीयालगायत उनलाई भेट्न आश्रम नै पुगेका थिए ।  

 

प्रकाशित: २५ आश्विन २०८२ १५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App