२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘परालको आगो’मा काम गर्न पाउँदा हर्षित छन् प्रकाश

नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम हो प्रकाश सपुत। उनी गायनमा जस्तै अभिनयमा पनि अब्बल छन्। उनले अभिनय गरेको फिल्म ‘परदेशी २’,‘पुर्णबहादुरको सारङ्गी’,‘माइतीघर’ दर्शकमाझ लोकप्रिय बने। उनी आफ्नो अभिनय क्षमता दर्शकमाझ पोख्न निकै आतुर थिए तर सोचेझै क्यारेक्टर नहुँदा निराश बनेका प्रकाशले अर्को फिल्म ‘परालको आगो’ को एक पात्र चामेको भुमिका सशक्त निर्वाह गरेका छन्। उनी आफै पनि यो फिल्मबाट निकै आशावादी गरेको बताउँछन्।

फिल्मको ट्रेलरमा प्रकाश सपुतको अभिनय क्षमता निकै बलियो देखिन्छ। अरूभन्दा फरक कथामा अभिनय गरेका उनले कहिले श्रीमतीलाई माया गर्ने तर श्रीमती माइत जाँदा भैसीमाथि पोखिएको रिसको कुरा सुनाए। त्यो आफूले नगरेको र रिस पोख्न नजान्दा सहकर्मी तथा अभिनेत्री सुहाना थापाले सिकाएको बताए।

‘मैले भैसी कुट्नुपर्ने सिन थियो तर मैले कुट्न सकिरहेको थिइनँ, ’उनले फिल्मको सुटिङ गर्दाको क्षण सम्झदै भने,‘सिनमा पनि आओस् र भैंसीलाई पनि केही नहोस् भनेर कसरी काम गर्न सकिन्छ भन्ने कुरामा अलिक छटपटी भएको थियो। त्यो कुरा सुहानाले सिकाउनुभयो।’

अर्काको कृतिमाथि अभिनय गर्नु चानचुने कुरा होइन तर उनको त्यो साहस भने मान्नैपर्छ।

उनी भन्छन्, ‘परालको आगो’ भन्नेबितिक्कै श्रीमानश्रीमतीको झगडाकै कुरा आउँछ।’

यही शुक्रबार अर्थात वैशाख ११ गतेबाट रिलिज हुन लागेको यस फिल्ममा प्रकाशका अलवा सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बालकलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलको छ। साथै फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।

लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने सम्पादन मिलन श्रेष्ठको छ।

यस फिल्मको पाश्र्व संगीतमा किरण तुलाधर, संगीतमा शान्ति ठटाल,सत्य–स्वरूप आचार्य र प्रकाश सपुतले गरेका छन्। फिल्मका गीतका शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतको शब्दको छ।

फिल्मलाई नेपालभरको फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ। यो फिल्म गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ बाट फिल्म निर्माण भएको हुनाले पनि निकै अर्थपूर्ण तरिकाले हेरिएको छ।

 

प्रकाशित: ६ वैशाख २०८३ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App