दशैंको अवसरमा लोकगायक प्रकाश दूतराजले ‘छैन र माया’ सार्वजनिक गरेका छन् ।
‘छैन र माया’ मा प्रकाश र मेलिना राईको स्वर छ। गीतमा प्रकाशसँगै अञ्जली जिसीको अभिनय छ।
गाँउको सुन्दर वातावरणमा बनाइएको यो गीतको छायाङ्कन मुस्ताङको तिताङ गाँउमा गरिएको छ।
प्रकाश र मेलिनाले आफ्नो पछिल्लो केही गीत ‘जुन माया’, ‘रिमै’, ‘रशम’मा लगातार सहकार्यमा गरिरहेका छन् ।
‘छैन र माया गीत’को शब्द प्रकाश आफैँको हो भने सङ्गीत संयोजक कृष्ण केसीले गरेका छन्।
युट्यूवमा सार्वजनिक भएको यो गीतलाई दर्शकले साथ दिएका छन् । एक दिनमै करिब ८ लाखले गीतको भिडियो हेरेका छन् ।
प्रकाशित: ११ आश्विन २०८२ १२:३३ शनिबार




