वर्तमान कविता समूह र अरनिको नाट्यशालाले ‘विस्फोटपछिको शून्यतामा आवाज’ विषयक कवि गोष्ठी गरेकाे छ।
कैलाश चौर, पशुपतिमा भएकाे कार्यक्रमकाे सञ्चालन कवि रमी प्रियाले सञ्चालन गरेका थिए। कार्यक्रममा कवि रामगोपाल आशुतोषले आफ्नो उमेरको आधा समय नकटेको समयसित, रजनी मिलाले ‘आमा न तिमी स्वतन्त्र थियौ न म स्वतन्त्र छु’, विना नेम्कुलले ‘द्वन्द्व’ र विश्व सिग्देलले ‘जुनकीरी र आगोको किस्सा’ कविता वाचन गरेका थिए।
त्यस्तै कमलराज केसीले ‘प्रश्न आफैंसँग’, देवकी तिमल्सिनाले ‘उमार्नु छ दुबो’, सुरेश गाउँलेले ‘घरसँगै भत्केको मन’, राधिका कल्पितले ‘के मलाई तिमी विना बाँच्ने बानी पर्ला’, सञ्जय सुमनले ‘नाटकभित्र अर्को नाटक किन?’, श्रीराम दाहालले ‘तिमी र म’, शैलेन्द्रप्रसाद सिग्देलले ‘चेतना’, कञ्चन जि.आर.ले ‘फेरि नउभ्याऊ कारागारमा मलाई’, रोमा लम्सालले ‘खरानीको चीत्कार’, एमपी पान्डेले ‘भयो चैं के?’, ध्रुव गजुरेलले ‘सोचाइ’ र गजेन्द्र बोहोराले ‘बा’ शीर्षकका कविता वाचन गरेका थिए।

गोष्ठीमा कविहरूले समाजमा देखिएका अन्याेल, बेथिति, विरोधाभास, सामयिक पीडा जस्ता विषय कविता मार्फत उजागर गरेका थिए।
उक्त अवसरमा वर्तमान कविता समूहका प्रतिनिधि विश्व सिग्देलले समूहले समसामयिक र सिर्जनात्मक विषयमा केन्द्रित कार्यक्रम गर्दै आएको बताए।
प्रकाशित: १ कार्तिक २०८२ १२:३२ शनिबार





