२१ पुस २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

कविता संग्रह‘आदर्श पहाड’ सार्वजनिक

युवा कवि शम्भु राईको कविता संग्रह ‘आदर्श पहाड’ सार्वजनिक भएको छ ।  

शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, कवि तथा गीतकार श्रवण मुकारुङ, कवि रीमा केसी, भाषाशास्त्री डा. तारामणि राई र सर्जकका बुवा केशरबहादुर राईको हातबाट संग्रह विमोचन गरिएको हो । राईका झण्डै ५ दर्जन कविता आदर्श पहाडभित्र समेटिएका छन् ।

कृति विमोचन गर्दै कुलपति भूपाल राईले सरलताको पक्षपाती र जनताको आवाज बोल्ने कविको रुपमा सर्जकलाई अथ्र्याउँदै अघिल्लो पुस्ताले ससँगसँगै हिडाउनुपर्ने बताए । समाज र भुइँमान्छेको आवाज बोल्ने कवि र कवितालाई प्रोत्सहान गर्नुपर्ने उनको भनाइ छ ।  

सर्जक राईले यो आफ्नो पहिलो प्रयास र प्रस्तुति रहेको बताउँदै विश्वको जुनसुकै कुनामा पुगे पनि, अझ नेपालमा बस्दाभन्दा बढी गाउँको माया, स्वदेश मोह र राष्ट्रभक्ति बढी हुने अभिव्यक्तिस्वरुप यो सृजना पाठकलाई सुम्पेको बताए ।  

उदयपुरमा जन्मिएका राई अहिले अमेरिका बस्दै आएका छन् ।  

प्रकाशित: १५ भाद्र २०८२ २१:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App