२३ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

कवि शैलेनको ‘अनुभूतिका रङहरू’ लाेकार्पण

विराट साहित्य सङ्गमकाे आयाेजना र ‘आलेख’ साहित्यिक मासिककाे प्रायोजनमा कवि शैलेन घिमिरेको कवितासङ्ग्रह ‘अनुभूतिका रङहरू’ लाेकार्पण भएकाे छ।

लाेकार्पित कार्यक्रममा भरत बर्बरिकले लाेकार्पित कृतिकाे `यात्रा सुरु गरिरहेछु´ कविताको सुन्दर ढंगले अभिनय गरेका थिए। डाेमी कामतले लालटिन र कर्ण सञ्जयले जीवन, यात्रा र बिसाैनीहरू कविताकाे मैथिली अनुवाद गरेर वाचेका थिए।

त्यस्तै कृतिबाट प्रयाग न्याैपानेले बुवा, नानुमैया दाहालले पिँध, उमेश लुइँटेलले बाटाे र रञ्जना भट्टराईले यात्रा जिन्दगीको कविता वाचेका थिए।

खेम नेपाली, केशव सुनाम, डा. इन्दिरा आचार्य मिश्र, गङ्गा सुवेदी, विवश पाेखरेल, प्राडा टङ्क न्याैपाने र प्रमुख अतिथि कुन्ता शर्माले कवि शैलेन घिमिरेकाे लाेकार्पित कृतिकाे कविता उद्धरण गर्दै नेपाली कवितासाहित्यमा उनकाे याेगदानकाे चर्चा गरेका थिए।

सङ्गमका अध्यक्ष मधु पाेखरेलकाे सभाध्यक्षता र प्रखर प्रगतिवादी कवि कुन्ता शर्माको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा समालोचक प्राडा टङ्क न्याैपाने, प्राज्ञ विवश पाेखरेल, प्राज्ञ खेम नेपाली, साहित्यकार केशव सुनाम, साहित्यकार गङ्गा सुवेदीकाे विशिष्ट आतिथ्य, प्राडा चक्रपाणि खनाल, प्राडा खगेन्द्र आचार्य, प्राडा मेदनीप्रसाद नेपाल, डा. इन्दिरा आचार्य मिश्र, कवि मीनकुमार श्रेष्ठ `नवाेदित´काे उपस्थित रहेकाे थियाे।

त्यस्तै कविहरू दिनेश सुवेदी, बुद्धदेव प्रसाद घिमिरे, प्राडा मीनराज ढकाल, यज्ञ सुवेदी, राजनीतिक विश्लेषक दिनेश श्रेष्ठ र दीपेन्द्र घिमिरेको आतिथ्य र साहित्यकार भवानीप्रसाद पाेखरेल, केशु विरही, नवराज नवशिला, प्रिन्स प्रमाेद ढकाल, गाेपाल निर्भीक, शङ्कर सुवेदी उत्स, जे. बी. खत्री, पत्रकार सुजाता राई, भीम काेइराला, जीवन काफ्ले, शिवनारायण सिङ्गल, गाेविन्द ढुङ्गाना, अम्बिका खरेल उप्रेती,सङ्गीतगुरु कुशेश्वर राई लगायतको उपस्थिति रहेकाे थियाे।

कार्यक्रमका सभाध्यक्ष मधु पाेखरेलले विसर्जन गरेकाे कार्यक्रम एलिट क्लब विराटनगरको सभाकक्षमा भएकाे थियाे।

उक्त कार्यक्रममा स्वागत मन्तव्य कविता केशरी, कृतिकारकाे परिचय कवि अच्युत घिमिरे, कृतिसमीक्षा निर्मला काेइराला र कार्यक्रम सञ्चालन कवि हरि कट्टेलले गरेका थिए।

प्रकाशित: १२ आश्विन २०८२ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App