१५ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

कवि मधु पाठकले ल्याए ‘अग्नि-आलाप’

नेपाल स्रष्टा समाजले कवि मधु पाठकको कवितासंग्रह ‘अग्नि-आलाप’ प्रकाशित गरेकाे छ।

नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएकाे उक्त कवितासङ्ग्रहमा विषयगत विविधाका ३५ थान कविता समावेश भएका छन्।

लामो समयसम्म रेडियो साहित्यिक पत्रकारको रूपमा समेत क्रियाशील पाठकको कविताको कथ्यमा विविधता भएका कविताहरूमा साङ्केतिक रुपमा आशावादी जीवनदृष्टि प्रस्तुत भएका छन्। स्वभाविक बिम्बको प्रयोगले ती कविताहरूका भाव सबल भएको पाइन्छ।

प्राडा लक्ष्मणप्रसाद गौतमका अनुसार, ‘संवेदनामा प्रेम,मातृत्व,करुणा,अनुभूति र हार्दिक पक्षको गहिरो अभिव्यक्ति पाइन्छ भने वर्तमान युगजीवनका यथार्थ,देशले भोग्नुपरेका विडम्बना र देश दुखेका बिम्ब,मान्छेमा हराउँदै जान थालेको संवेदना र मानवता,जनताले भोग्नुपरेका त्रासद परिस्थिति आदि पनि यी कविताका विषय बनेका छन्। आफ्ना अन्तर्हृदय र अन्तरचेतनाका आवाजलाई निश्छल रुपमा अभिव्यक्त गर्नु यस सङ्ग्रहका कविको विशेषता हो।’

मधुका कविताप्रति श्रीओम श्रेष्ठ ‘रोदन’ भन्छन्, ’प्रत्येक कविताले एउटा कथालाई काव्यात्मक रुपमा पस्कने कविको कला प्रशंसनीय छ।’

समय संवेदनालाई मिहीन ढङ्गले बुझेर सिर्जित पाठकका कविताहरूमा विविध प्रसङ्ग सम्बोधन भएको कवि ऋषभदेव घिमिरेले बताएका छन्। ‘अग्नि -आलाप’ कृतिको मूल्य २५० रुपैयाँ छ।

प्रकाशित: १५ भाद्र २०८३ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App