हाम्रो लघुकथा केन्द्र, लघुकथा प्रतियोगिताकाे माध्यमबाट विद्यालय स्तरमा पुगेकाे छ।हाम्रो लघुकथा केन्द्र, दक्षिणकालीले उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरी पुरस्कार प्रदान गरेको छ।
ललितपुर माध्यमिक विद्यालय, लगनखेलमा केन्द्रले एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो। उपत्यकाका ३१ विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा दक्षिणकाली, ग्रीनहिल विद्यालयका समीप केसी प्रथम, बालविकास बोर्डिङ स्कुल बुढानिलकण्ठका सुमन भन्डारी द्वितीय, महेन्द्रग्राम मावि चाँगुनारायणका दुर्गा परियार तृतीय र ट्रीनिटी मावि काठमाडाैंका स्नेहा अधिकारी सान्त्वना भएका थिए।
साहित्यकार नवराज रिजालको संयोजनमा रामकुमार पण्डित र तारा केसीको निर्णयकमण्डलले साे निर्णय गरेकाे थियाे।
केन्द्रका कार्यवाहक अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षता र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विजेता विद्यार्थीलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २ हजार नगद, प्रमाणपत्र र पुस्तक प्रदान गरिएकाे थियाे।
उक्त कार्यक्रमममा ललितपुर माविका विद्यालय निर्देशक उत्तमराज त्रिपाठी, श्रीओम श्रेष्ठ रोदन, लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइराला, उत्तमराज त्रिपाठी र लोमश वाङ्ग्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटल र यमुना प्रधानाङ्गले मन्तव्य राखेका थिए।
कार्यक्रममा जनार्दन रिजाल र रामकृष्ण बस्नेतले पुरस्कृत लघुकथाकारलाई बधाई ज्ञापन गरेका थिए। कार्यक्रमका पुरस्कार संयोजक मनोज कर्माचार्यले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रमममा बालबालिकालाई पुरस्कार प्रदान सधैं तत्पर रहेको बताए।
केन्द्रकी कोषाध्यक्ष सत्या अधिकारीको स्वागत मन्तव्यसँग सुरु भएको कार्यक्रमकाे सञ्चालन मिसु श्रेष्ठ थपलिया र वन्दना घिमिरेले गरेका थिए।
उक्त कार्यक्रममा अम्बिका धिताल, आवेश मिश्र, इन्दिरा चापागाई, गंगा खड्का, रामराजा केसी, ध्रुवराज थापा पुरूष, मनीषकुमार शर्मा समीत, लिलाराज दाहाल, महेन्द्र नेउपाने, रामकुमार बस्नेत, पुष्कर खड्का, चन्द्रलाल तामाङ लगायत दर्जनौं लघुकथाकारको उपस्थिति रहेको थियो।
प्रकाशित: १५ भाद्र २०८२ ०८:३७ आइतबार





