९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा न्यौपाने निर्वाचित

लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा बाल साहित्यकार विजयराज न्यौपाने चयन भएका छन्।  

प्रतिष्ठानको सोमबार साँझ सम्पन्न २४औँ वार्षिक साधारणसभा एवं निर्वाचनबाट साहित्यकार न्यौपानेको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरिएको हो। प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मण थापा, सचिवमा अञ्जना पौडेल खनाल, सहसचिवमा प्रदीपराज अधिकारी र कोषाध्यक्षमा कृष्ण अधिकारी निर्वाचित भएका छन्। 

यस्तै सदस्यमा रामप्रसाद घिमिरे, अच्युत रेग्मी, सरला ओझा, वसन्त घिमिरे र खुसीराम डौलिया रहेका छन्। एक सदस्यपछि अध्यक्षले चयन गर्नेछन्। विसं २०५३ मा स्थापना भएको उक्त प्रतिष्ठानले प्रतिष्ठानका प्रमुख संरक्षक एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा रु २७ लाखको अक्षयकोष स्थापना गरी बर्सेनि एक वरिष्ठ साहित्यकारलाई रु एक लाखको नगद पुरस्कार प्रदान गर्दै आएको छ।

साधारणसभाको उद्घाटन सत्रमा नेपाली शिक्षा परिषद्का अध्यक्ष साहित्यकार रमा शर्माले लमजुङको मात्र नभई नेपालको साहित्य क्षेत्रको विकासमा मस्र्याङ्दी प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको बताए।  

प्रतिष्ठानका पूर्वअध्यक्ष क्रमशः प्राडा कृष्णबहादुर थापा, डा देवी सुवेदी, डा मुकुन्द पथिक, डा बमबहादुर थापा ‘जीताली’लगायतले समयको मागअनुसार मस्र्याङ्दी प्रतिष्ठानको कार्यक्षेत्र विस्तार गर्दे लैजानुपर्ने बताए। सोही अवसरमा मर्स्याङ्दी प्रवाह वुलेटिन विमोचन गरिएको थियो।

प्रकाशित: ८ पुस २०८२ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App