"समान्ती प्रथाविरुध्द हामी एक हुनुपर्छ।" यूएसएडका जिल्ला प्रमुख चिच्याए।
यूएसएडले सामाजिक विकृति र रुढिवादीविरुध्द राम्रै बजेट खर्च गर्यो। फलस्वरुप गाउँगाउँका मुखियातन्त्र खत्तम भयो। जातीय नारा ह्वात्त बढ्यो। जनतालाई लाग्यो कि! सामन्ती प्रथा अन्त्य हुँदैछ।
देश भने ऋण बिना चल्न सकेन। नेपालको अर्थतन्त्रको साँचो २०५१ सालपछि विश्व बैंकको हातमा पर्यो। विश्व बैँक, एसियाली बिकास बैँक र आइएमएफ पनि ऋण मात्र प्रदान गर्थे। त्यो पनि उनीहरूकै सर्तमा। निगरानी विश्व बैँकको रह्यो। जुन अर्थ मन्त्रीले चावी सुम्पे ती नामी अर्थमन्त्री घोषणा भए। गाउँगाउँमा बैँक र सहकारी खुले। पैसालाई हतियार बनाएर जुनसुकै बेला शाषण सत्ता चिप्लाउन उनीहरू खप्पिस भए। नयनराजको आँखामा विगत नाच्यो।
उनलाई विषय मन नपरेपछि उनले मुख खोले, "गाउँका मुखियाले गाउँ बन्धकी राख्दा यी मुखियाले देश बन्धकी राख्दा रहेछन्।"
प्रकाशित: २० असार २०८३ ११:०५ शनिबार





