२८ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘मैझारो’ फिल्मको छायांकन सुरु

नेपालको पूर्वी पहाडी जिल्ला इलाममा नेपाली फिल्म ‘मैझारो’ को छायांकन साउन १ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ। अभिनेता विल्सन विक्रम राई, जो ‘तक्मेबुढा’ नामबाट चर्चित छन्, निर्देशनमा डेब्यु गर्दै उक्त फिल्म निर्माण सुरु गरिएको हो।

‘मैझारो’ फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानमा हुने बताइएको छ। फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थ आधार बनाइएको निर्देशक राईले बताए। फिल्मको कथा, पटकथा र निर्देशन राई स्वयंले गरेका हुन्।

फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहनेछ।

संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने फिल्ममा स्वर गायक राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङ लगायतले दिनेछन्। छायांकनको जिम्मा सौरभ लामाले सम्हालेका छन्।

‘तक्मे प्रोडक्सन ’को ब्यानरमा निर्माण हुन लागेको यो पहिलो फिचर फिल्म हो। यसअघिसम्म कम्पनीले हास्य तथा सांगीतिक सामग्री मात्र निर्माण गर्दै आएको थियो। ‘मैझारो’ मार्फत कम्पनीले फिचर फिल्मतर्फ पाइला चालेको हो।

प्रकाशित: १ श्रावण २०८२ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App