२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

विराटनगरमा बहुभाषिक कवि गोष्ठी

विराट मैथिल नाट्यकला परिषद्ले विराटनगरमा बहुभाषिक कवि गोष्ठी गरेकाे छ। स्वर सङ्गम सङ्गीतालयमा उक्त कार्यक्रम भएको हो।

विराट मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमी कामत ( ज्याेति) को अध्यक्षता र कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीकाे प्रमुख आतिथ्यमा कार्यक्रम  भएकाे हाे।

उक्त कार्यक्रममा विराट साहित्य सङ्गमका संस्थापक अध्यक्ष बलराम पोखरेल, चारु प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थी, डा. नरेन्द्रप्रसाद साहित्य प्रतिष्ठानका अध्यक्ष सरला चापागाईं, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, स्वर सङ्गम सङ्गीतालयका अध्यक्ष कुशेश्वर राई लगायतकाे उपस्थिति रहेकाे थियो।

सुशीला प्रसाई दङ्गालले सञ्चालन गरेकाे कार्यक्रममा डा. देवी पन्थी, सरला चापागाईं, भगवान झा, हरिप्रसाद बराल, भवानीप्रसाद पोखरेल, लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी, लोचन रिजाल, शम्भुनाथ कार्की, प्रयाग न्यौपाने, एकनारायण ढकाल, मञ्जु घिमिरे दाहाल, ऋषि तिवारी, भूपाल अधिकारी, अंशुकुमार गुप्ता, पुष्पा सायरा, हरिलाल चौधरी, निश्चित मिश्र, सुजता राई, एकराज भट्टराई लगायतका स्रष्टाहरूले सिर्जना वाचेका थिए।

प्रकाशित: १४ पुस २०८२ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App