२३ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

जेन-जी प्रदर्शनपछि बन्द भएका चलचित्र हल भोलिदेखि खुल्ने

जेन-जी प्रदर्शनपछि उत्पन्न परिस्थितिमा शोक मनाउँदै बन्द भएका चलचित्र हल अब सञ्चालनमा आउने भएका छन् ।  

चलचित्र संघले भोलि (सोमबार)देखि हल खुलाउने भएको हो ।  

फिल्म हल सोमबारदेखि खोल्ने निर्णय भएको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए । उनले भने, ‘भोलिदेखि सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ । हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुनेछ ।’

हल खुलेसँगै रिलिज भएका चलचित्रहरु पुन: प्रदर्शमा आउनेछन् । आन्दोलनले बन्द भएका क्यूएफएक्स सिनेमा, एवन सिनेमा र ईनी सिनेलगायतका हल बन्द भएका थिए ।  

हल बन्द भएपछि चलचित्र माग्ने राजा, गुँन्यु चोलो, परम सुन्दरीसहितका चलचित्रहरु रोकिएका थिए। नेपालमा अहिले देशभर १६५ वटा चलचित्र हल सञ्चालनमा छन्।

प्रकाशित: २९ भाद्र २०८२ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App