विल्सन विक्रम राई (तक्मे बुढा) को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’ को ट्रेलर रिलिज भएको छ। निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो।
तीन मिनेट ४९ सेकेण्डको ट्रेलरमा आफ्नो प्रेमका लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्या प्रस्तुत छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर, दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन्। जसमा निर्देशक विल्सन आफैं अभिनयमा देखिन्छन्।
ट्रेलर रिलिजअघि निर्माण टिमले दुई गीत रिलिज गरिसकेको छ। एउटा लभ सङ र अर्को पूर्वतिर खुबै नाचिने नाच साकेला थियो।
निर्देशक राईकै कथा रहेको यो फिल्ममा पूर्वको इलाम पाँचथर आसपासमा खिचिएको हो। तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा धिरज, मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ।
अनमोल गुरुङ र तोरेम्पाहाङ राईले यो फिल्मकाे गीतमा संगीत भरेका छन् भने राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतले स्वर भरेका छन्।
सौरभ लामाले छायांकन गरेको यास फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ। डिजिटल अधिकार भने ओएसआरले लिएको छ।
यो फिल्म तिहारको भाइटीका अर्थात कातिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ।
प्रकाशित: २९ आश्विन २०८२ १०:५२ बुधबार




-600x400.jpg)
