१३ श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

छोरीको रक्षामा ‘मास्टर्नी'

भारतीय प्राविधिक टोलीको समेत सहभागिता रहेको क्राइम थ्रिलर चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक भएको छ।

एक मिनेट ११ सेकेन्ड अवधिको चलचित्रको टिजरमा कैयौँ रहस्यले भरिएको छ। जसमा आमाको भूमिकामा अभिनेत्री प्रियंका कार्की छिन् भने छोरीको भूमिकामा सिम्रन खड्कालाई प्रस्तुत गरिएको छ।

टिजरको पहिलो झलकमा एक बच्चाले जंगलमा मृत शवदेखि सुरु हुन्छ जहाँ शव रगतमय छ। टिजरमा छोरीको सुरक्षाभन्दा संसारमा ठुलो केही होइन भन्ने प्रियंकाको संवादले आमा छोरीबिचको मायालाई दर्साउँछ।

टिजरले सिम्रन कुलतमा परेको संकेत गरेको छ। छोरीको सुरक्षाका लागि आमा कुन हदसम्म जान सक्छिन् यही मर्मस्पर्शी विषयवस्तुलाई केन्द्रमा राखिएको छ।

चलचित्रको कथा अभिनेत्री प्रियंका आफैँले कोरेकी हुन् भने पटकथामा शान बस्नेतले काम गरेका छन्। संवाद लेखनमा प्रियंका र शान दुवैको सहकार्य छ।

आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको पहिलो प्रोजेक्ट हो। टिजरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापा लगायतका कलाकारहरू देखिएका छन्।

चलचित्र भने भदौ ५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित: १० श्रावण २०८३ १६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App