गीतकार प्रेम राई परीक्षितले ‘देश राेएकाे बेला’ गीत ल्याएका छन्। गीतकार परीक्षितले समसामयिक विषय समेटेर लेखेकाे स्वदेशगानलाई सागर गौतमकाे संगीत र यमन श्रेष्ठकाे समुधर स्वरले जीवन्तता प्रदान गरेकाे छ।
यो गीतले आजको समाज, मुलुकको पीडा, अन्याय र सत्य बोल्ने आवाजलाई संगीत मार्फत प्रस्तुत गरेकाे छ। भ्रष्टाचार र अन्यायविरुद्धको हुँकार, जनताको आशा र सपना परिवर्तनको चाहना समेटिएका छन्।
प्रकाशित: १५ आश्विन २०८२ ०७:०६ बुधबार





