२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

गीतकार खतिवडाकाे ‘बरि लै’ तीज गीत सार्वजनिक

परम्परागत र आधुनिक शैलीको समिश्रण रहेको ‘बरि लै’ तीज गीत र सोको भिडियो लिएर गीतकार नारायण खतिवडा फेरि सांगीतिक क्षेत्रमा देखापरेका छन्।

मनोज साङ्सनले गीतकार खतिवडाकाे ‘बरि लै’ तीज गीतकाे सङ्गीत संयोजन र कम्पोज गरेका हुन्। मनोज साङ्सन र सुरेश राईकाे सुमधुरले स्वरले गीतलाई जीवन्तता प्रदान गरेकाे छ।

फरक प्रस्तुतीकरण समेटिएको यस गीतले परम्परागत र आधुनिक सङ्गीतको सुन्दर संयोजनका साथ तीजको उत्साह र उमङ्ग समेटको छ।

गीतको रेकर्डिङ मनोज साङ्सन र सुरेश राईले गरेका छन् भने मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका छन्। विकास धमलाले दृष्य सम्पादन गरेका हुन्। गीतमा तीजको नाचगान, प्रेमको भावना, नारीको सौन्दर्य, एकता र उत्साह उजागर गरिएको छ।

गीतमा रन्जु मिश्र, सहारा कोइराला र विदेश मार्सलको कलात्मक अभिनय छ। स्टुडियो किङ्ममा रेकर्ड गरिएको गीतको छायाङ्कन अर्जुन कटवाल, सम्पादन विकास धमला, कोरियोग्राफी सन्जिला सुमित्रा र भिडियोको निर्देशन गीतकार आफैंले गरेका छन्।

परम्परागत तीज गीतलाई कायम राख्दै आधुनिक सङ्गीतको मिश्रणले उक्त गीत उत्कृष्ट बनेकाे छ।उक्त तीज गीत नमस्ते नेपाल डिजिटल स्टूडियोबाट सार्वजनिक भएको हाे।

प्रकाशित: ४ भाद्र २०८२ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App