भारतको इन्दौरस्थित बंगाली स्क्वायर नजिकैको एक कोलोनीमा बुधबार बिहान कार चार्ज गर्ने क्रममा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ।
विद्युतीय कारको चार्जिङ पोइन्टमा सर्ट सर्किट हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन्।
गाडिमा लागेको आगो घरसम्म फैलिदा भण्डारण गरिएका चारवटा ग्यास सिलिन्डर विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
इन्दौरका प्रहरी आयुक्त सन्तोष कुमार सिंहले भने, 'प्रारम्भिक अनुसन्धान अनुसार घर बाहिर विद्युतीय सवारी साधन चार्ज भइरहेको थियो र त्यसको चार्जिङ पोइन्टबाट आगलागि भएको बुझिएको छ। त्यसपछि गाडीबाट आगो घरमा फैलियो। घर भित्र १० भन्दा बढी ग्यास सिलिन्डर भण्डारण गरिएको थियो, जसमध्ये केही विस्फोट भए। घटनामा छ जनाको मृत्यु भएको छ।'
प्रकाशित: ४ चैत्र २०८२ ०९:१९ बुधबार





