साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी गीतकार कमला घिमिरे अधिकारीले एकैसाथ पाँच बालगीत बजारमा ल्याएकी छन्।
शिक्षण पेशामा आबद्ध अधिकारीले पछिल्लो समयका बालबालिकाहरू कार्टुन चित्रमा बढी मोहित भएको देखिएकाले कार्टुन एनिमेटेड भिडियोहरू बनाएको बताइन्।
शिक्षाप्रद उनका पाँच बालगीतमा फलफुल, नमस्कार गुरुआमा, हिस्सी परेकी नानी, तरकारी र पोसाक रहेका छन्।
उक्त गीतहरूबाट बालबालिकाहरूले फलफुल र तरकारी सेवनबाट हुने फाइदा, गुरुलाई गर्नुपर्ने आदर, सफा लुगा लगाए नयाँ किन्नु नपर्ने र बाहिरको खानेकुराले स्वास्थ्यमा गर्ने असरहरूबारे सचेत गराएको छ।
संगीतकार बलराम समालले संगीत गरेकाे उक्त पाँच बालगीतमा काफिया कँडेल, रेयान्स अधिकारी र सुविज्ञा पौडेलले मीठाे धुन भरेका छन्। उक्त गीतहरूलाई हनिबिकिड्स् ०६५ (Honeybeekids065) युटुव च्यानलबाट सार्वजनिक गरिएका छन्।
प्रकाशित: ५ भाद्र २०८२ ०९:४६ बिहीबार





