२० मंसिर २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

गीतकार ‘भीमफेदीया’ काे ‘प्यारो गाउँ भीमफेदी’ सार्वजनिक

साहित्यिक पत्रकार संघले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ काे ‘प्यारो गाउँ भीमफेदी’ गीत सार्वजनिक गरेकाे छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता र पूर्व राजदूत वरिष्ठ परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा विजय गुरुङकाे सङ्गीत, तृप्ति खड्का गुरुङ र विजय गुरुङले गाएको 'प्यारो गाउँ भीमफेदी' गीत प्रमुख अतिथि श्रेष्ठले सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएपछि गीतका सङ्गीतकार र गायकद्वय तृप्ति खड्का गुरुङ र विजय गुरुङले त्यो गीत गाउँदाको आफ्नो अनुभव व्यक्त गरे।

सोही कार्यक्रममा समालोचक युवराज मैनाली र  'शब्दपथ'का प्रधान सम्पादक वरिष्ठ आख्यानकार किशोर पहाडीले आआफ्नो समीक्षात्मक मन्तव्य राखे।

विशिष्ट अतिथि साझा प्रकाशनका अध्यक्ष कवि शेखर गिरीले सुभाषचन्द्रसँग तीसको दशकदेखि नै चिनजान भएको कुरा प्रष्ट पार्दै शुभकामना व्यक्त गरे।

अनामनगरको डालो रेस्टुरेन्टमा भएकाे कार्यक्रमको सहजीकरण पत्रकार श्रीराम सिंह बस्नेतले गरेका थिए। सो कार्यक्रममा अध्यक्ष लेकाली, प्रमुख अतिथि श्रेष्ठ, सर्जक भीमफेदीया लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: २० मंसिर २०८२ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App